सिमरा विमानस्थल शान्तिपूर्ण रूपमा सञ्चालन
सारांश
- बुधबार जेनजी आन्दोलनका कारण सिमरा विमानस्थल दिनभर बन्द रह्यो र तनावग्रस्त बन्यो।
- एमाले नेता महेश बस्नेत बारा आउने भएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गर्दै तोडफोड गरे।
- आज बिहानदेखि शान्तिपूर्ण रूपमा उडानहरू सञ्चालन भइरहेका छन् र यात्रुहरूलाई क्षतिपूर्ति दिइनेछ।
बारा । जेनजी आन्दोलनका क्रममा बुधवार दिनभर बन्द रहेको सिमरा विमानस्थलमा आज शान्तिपूर्ण ढंगले सञ्चालन आएको छ । सिमरा विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीले आज बिहानदेखि नै सबै उडान भइरहेको बताएका हुन् ।
बुधवार जेनजी आन्दोलनका कारण सिमरा विमानस्थल दिनभर तनावग्रस्त थियो । एमाले नेता महेश बस्नेत बारा आउने भएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरेर मुलगेट तोडफोड गरेका थिए ।
‘आज हामीले सबै सुरक्षा निकायसँग समन्वय गर्दा विमानस्थलमा खासै त्यस्तो गतिविधि नहुने सङ्केत पाएपछि थप सुरक्षा बल प्रयोग गरेर हवाई उडान अवतरण गरेका हौँ’ सिमरा विमानस्थल प्रमुख अधिकारीले भने– ‘दिउँसो २ः ३० बजेसम्म तेस्रो उडान भइसकेको छ ।’

अधिकारीले विमानस्थलजस्तो अति संवेदनशील क्षेत्रमा हुल हुज्जत र आन्दोलन नगर्न अनुरोध गरेका छन् । ‘विमानस्थलमा हुल हुज्जत, प्रदर्शन गर्दा यसले अन्तर्राष्ट्रिय जगत र पर्यटन क्षेत्रमा नकारात्मक सन्देश दिन्छ’ उनले भने– ‘यसले राज्यलाई नै आर्थिक रूपमा क्षति पुर्याउँछ ।’
जेनजी आन्दोलनका कारण बुधवार बिहान एउटा बाहेक सम्पूर्ण उडान स्थगित भएको थियो । बुधवार उडान नभएर फर्किएका यात्रुहरूका लागि विमानस्थलले आज पठाएको छ । यदि गाडीको माध्यमबाट काठमाडौँ जाने यात्रुहरूको टिकटको शतप्रतिशत रकम फिर्ता हुने विमानस्थलले जनाएको छ
‘प्रर्दशनकारीहरुले विमानस्थल मूल गेटमा ढुंगा मुढा गरेपछि विमानस्थलको सुरक्षा व्यवस्था सशङ्कित भएकोले बुधवार ४ वडा उडान गराउन हामी असमर्थ भयौँ’ विमानस्थल प्रमुख अधिकारीले भने– ‘हिजोको असुविधाको लागि हामीले यात्रुहरूसँग क्षमा पनि मागेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण