सभामुख र राष्ट्रियसभाका अध्यक्षले गरे नयाँ संसद् भवनको निरीक्षण
सारांश
- सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद् भवनको निरीक्षण गरेका छन्।
- नयाँ भवन निर्माण चैत्र-वैशाखमा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने गरी अघि बढ्नेछ।
- राष्ट्रियसभाको अधिवेशन मङ्सिरभित्र बोलाउने तयारी भइरहेको छ, जसका लागि कृषि समितिको हल प्रयोग गरिनेछ।
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत सङ्घीय संसद्का पदाधिकारीले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गरेका छन् । बिहीबार उनीहरुले संयुक्त रूपमा निर्माणाधीन संसद् भवनको कार्य प्रगतिका बारेमा जानकारी लिँदै निरीक्षण गरेका हुन् । निरीक्षणपछि सङ्घीय संसद्का पदाधिकारीहरूले निर्माणाधीन नयाँ संसद् भवनमा केहि गतिका साथ काम भइरहेको पाइएको प्रतिक्रिया दिएका छन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक चैत्र–वैशाखमा सञ्चालन गर्ने गरी निर्माण कार्यलाई अघि बढाउनुपर्ने बताए । राष्ट्रियसभा बैठक तत्काल बस्नका लागि अरू नै प्रबन्ध गर्नुपर्ने देखिएको उनले बताए । सभामुख घिमिरेले समयमा नै निर्माण सम्पन्न भए संसदीय गतिविधिलाई अघि बढाउन सहज हुने धारणा राखे ।
त्यस्तै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मङ्सिरभित्र राष्ट्रियसभाको अधिवेशन बोलाउने तयारी भइरहेकाले हालका लागि कृषि समितिको हलबाट सभा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । प्रतिनिधिसभाका लागि तत्कालै हल आवश्यक रहेकाले नयाँ संसद् भवनको निर्माणलाई गतिका साथ अघि बढाउनुपर्ने बताए ।
नयाँ संसद् भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । तोकिएको समयमा काम नसकिएपछि पछिल्लो पटक पाँचौँ पटकका लागि २०८२ पुस १६ गतेसम्म म्याद थप गरिएको छ । सङ्घीय संसद्का दुवै सदन, संसदीय समितिहरू र संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको नयाँ संसद् भवनको संरचना निर्माण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण