लागूऔषधसहित ३ जना पक्राउ
सारांश
- प्रहरीले काठमाडौँ र बर्दियाबाट लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।
- काठमाडौँमा डाईजेपाम, प्रोमेथाजाईन र बुप्रेनोर्फिन सहित २ जना पक्राउ परे।
- बर्दियामा ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ । प्रहरीले अवैध लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ र बर्दियाबाट लागूऔषधसहित ३ जना पक्राउ परेका हुन् ।
काठमाडौँ महानगरपालिका–७ बाट डाईजेपाम १६ एम्पुल, प्रोमेथाजाईन–१६ एम्पुल र बुप्रेनोर्फिन १६ एम्पुलसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका–९ घर भएका ३२ वर्षीय विष्णु थापामगर र काठमाडौँ बौद्ध बस्ने उदयपुर घर भएका २६ वर्षीय योगेश राई रहेका छन् ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । त्यस्तै बर्दियाको गेरुवा गाउँपालिका– ५ झबही बस्ने २४ वर्षीय कमल शाहीलाई ब्राउनसुगरजस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण