चितवन राइनोजका बोपाराको दोस्रो अर्धशतक
बिहीबार, ०४ मङ्सिर २०८२, १९ : ४५
सारांश
- चितवन राइनोजको रवि बोपाराले एनपिएलमा दोस्रो अर्धशतक बनाए ।
- उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ५० रन बनाए, जसमा चार चौका र दुई छक्का समावेश थिए ।
- यसअघि उनले कर्णाली याक्सविरुद्ध पनि अर्धशतक बनाएका थिए ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका रवि बोपाराले दोस्रो अर्धशतक बनाएका छन् ।
लुम्बिनी लायन्सविरुद्ध आजको खेलमा बोपाराले ४५ बलमा चार चौका र दुई छक्काको मद्दतमा अर्धशतक बनाएका उनले ५५ बलमा छक्का र चार चौका हान्दै ६६ रनको योगदान दिए ।
बोपारालाई रुबेल ट्रम्पलम्यानले दिलिप नाथबाट क्याच आउट गराए । यसअघि बोपाराले यही मङ्सिर २ गते कर्णाली याक्सविरुद्ध पनि अर्धशतक पूरा गरेका थिए । इङ्गल्याण्डका बोपारा दोस्रो पटक चितवनबाट एनपीएल खेलिरहेका छन् ।
जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्सका हरमित सिंह, विराटनगर किङ्ग्सका लोकेश बम र मार्टिन गप्टिल, पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल, कर्णाली याक्सका प्रियाङ्क पञ्चाल र जनकपुर बोल्ट्सका आशिफ शेखले पनि अर्धशतकको आँकडा पार गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण