सूचना प्रविधि र फोटोनिक्ससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
काठमाडौँ । नेपालमा सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसीटीपी २०२६) आयोजना हुने भएको छ । रिसर्च एन्ड इनोभेसन सेन्टर नेपाल र नेपाल इन्जिनियर कलेजको आयोजना अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना हुन लागेको हो ।
आई.ट्रिपल.ईं नेपाल च्याप्टर र आई.ट्रिपल.ई फोटोनिक्स सोसाइटी नान्जिङ च्याप्टरको प्राविधिक प्रायोजनमा हुने सो सम्मेलन आइसीटीपी शृङ्खलाको पहिलो आई.ट्रिपल.ईं सम्मेलन भएको जनाइएको छ । सो सम्मेलनले नेपालको वैज्ञानिक तथा शैक्षिक क्षेत्रमा एक महत्त्वपूर्ण कोशेढुंगा साबित हुने जनाइएको छ ।
सम्मेलनको मुख्य उद्देश्य नेपालभित्र प्राज्ञिक सम्मेलन र प्रकाशनको गुणस्तरमा वृद्धि गर्नु, नेपाली शैक्षिक संस्थाहरूमा बलियो अनुसन्धान संस्कृति विकास गर्नु र विश्वव्यापी वैज्ञानिक समुदायमा अर्थपूर्ण योगदान पुर्याउनु रहेको बताइएको छ ।

यो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, कोरिया, चीन, भारत र भियतनाम लगायतका देशहरूका विशिष्ट प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले मुख्य वक्ताको रूपमा सहभागिता जनाउनेछन् । सम्मेलनमा अन्तर्राष्ट्रिय योगदानकर्ताहरूबाट १०० भन्दा बढी अनुसन्धान पत्रहरू प्रस्तुत गर्ने समेत बताइएको छ ।
सम्मेलनको थप विशेषता कोरियाको शीर्ष अनुसन्धान विश्वविद्यालय, कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी अन्तर्गतको स्कुल अफ ग्लोबल डिजिटल इनोभेसनद्वारा आयोजना गरिने ग्लोबल डिजिटल इनोभेसन र प्रभाव सम्बन्धी विशेष कार्यशाला रहेको जनाइएको छ ।

यस कार्यशालामार्फत, कोरिया र अन्य देशहरूका सरकारी अधिकारीहरू, नीति निर्माताहरू र डिजिटल गभर्नेन्सका नेतृत्वकर्ताहरूले डिजिटल गभर्नेन्सका नवीनतम नीतिहरू, एआई रणनीतिहरू र सीमापार सहकार्यबारे छलफल गर्नेछन् ।
यसले नेपाललाई विश्वव्यापी विशेषज्ञहरूबाट प्रत्यक्ष रूपमा सिक्ने र राष्ट्रिय डिजिटल रूपान्तरणका लागि नयाँ मार्गहरू पत्ता लगाउने दुर्लभ अवसर प्रदान गर्नेछ । सम्मेलन २०२६ फेब्रुअरी ११ देखि १४ सम्म काठमाडौँको होटल हायात सेन्ट्रिक, सोल्टी मोड मा आयोजना हुने जनाइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण