बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

बाबुराम, जनार्दन र सन्तोषले मङ्सिर ७ गते पार्टी एकता घोषणा गर्दै

शुक्रबार, ०५ मङ्सिर २०८२, १२ : ५१
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी, जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र अन्य समूहबीच एकता घोषणा हुने भएको छ।
  • काठमाडौँको राष्ट्रिय सभागृहमा हुने कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको छ, जसमा अन्य समूहलाई पनि सहभागी गराइनेछ।
  • एकता सहमतिमा हस्ताक्षर भइसकेको छ, र नयाँ तथा वैकल्पिक पार्टीहरूलाई मात्र निम्तो दिइएको छ।

काठमाडौँ । मङ्सिर ७ गते बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, सन्तोष परियार नेतृत्वको समूह लगायत समूहसँग एकता घोषणा हुने भएको छ ।

वृहत् एकता घोषणासभाको तयारी तीव्र गतिमा अघि बढेको नेसपा (नयाँ शक्ति) का प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिए । राष्ट्रिय सभागृह काठमाडौँ  हुने कार्यक्रममा तीन घटक बाहेक अन्य समूहलाई पनि ल्याउने गरी छलफल भइरहेको गुरुङले बताए । 

नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो । एकता सभा कार्यक्रममा नयाँ र वैकल्पिक पार्टीलाई मात्र निम्तो दिएको छ । अतिथि क–कसलाई बोलाउने भन्नेबारे निर्णय लिन दिउँसो बैठक बस्ने गुरुङले बताए ।

नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग एकताका लागि छलफल जारी राखेको छ । तर निष्कर्षमा नपुगेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप