नेसनल भोलेन्टियर फोर्स पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन होः महेश बस्नेत
सारांश
- एमाले नेता महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन भएको बताए।
- बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका आगजनीका घटनालाई ध्यान दिँदै यस्तो संगठन बनाएको बताए।
- नेसनल भोलेन्टियर फोर्सले समाजमा सुरक्षा र प्राकृतिक प्रकोपमा राहत दिने लक्ष्य लिएको छ।
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन भएको बताएका छन् ।
नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्नुअघि काठमाडौंको बबरमहल क्षेत्रमा निकालेको -यालीमा सहभागी बस्नेतले जेनजी आन्दोलनका क्रममा संसद, सर्वोच्च, सिंहदरबार, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घरमा समेत आगजनीका घटना भएकाले अव मुलुकमा यस्तो अवस्था आउन नदिन पार्टीले स्वयंसेवक र प्रतिरोधी संगठन गठन गरेको बताए ।
समाजमा बढेको असुरक्षा, अशान्ती र भदौ २३ २४ को घटनापछि आम मानिसहरुको खस्किएको मनोबल उठाउन नेसनल भोलेन्टियर फोर्सले आफ्नो गतिविधि केन्द्रीत गर्ने उनले बताए ।
त्यस्तै बस्नेतले असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यका साथ भोलेन्टियर फोर्स अघि बढ्ने जानकारी दिए ।
माइतीघर मण्डलामा युवाहरु भेला भएर वानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा पुगेर सभामा परिणत भएको थियो । नेसनल भोलेन्टियर फोर्समा एकजना कमाण्डर र दुईजना सहायक कमाण्डरको व्यवस्था गरिएको एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण