राजनीति
नेसनल भोलेन्टियर फोर्ससँग कोही आत्तिनु पर्दैन : केपी ओली
शुक्रबार, ०५ मङ्सिर २०८२, १४ : ५१
सारांश
- केपी शर्मा ओलीले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) बाट कोही पनि डराउनु नपर्ने बताए।
- ओलीले एनभीएफ राष्ट्रहित र नेकपा एमालेका लागि गठन गरिएको बताए।
- अध्यक्ष ओलीले फोर्सले हिंसा, आतङ्क, तोडफोड र लुटपाटका विरुद्ध काम गर्ने बताए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलेन्टियर फोर्स’ बाट कोही पनि आतिनु नपर्ने बताएका छन् । शुक्रबार युवाहरूको समूह नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)केन्द्रीय कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नवगठित फोर्स राष्ट्रहित र नेकपा एमालेका लागि गठन गरिएको बताएका हुन् ।
‘यो स्वयंसेवक दस्ता राष्ट्र हितका लागि गठन भएको हो । त्यसकारण यसको अस्तित्व र सङ्गठनसँग कोही पनि आत्तिनुपर्दैन, डराउनुपर्दैन’, अध्यक्षको ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले फोर्सले अनुशासित ढङ्गले काम गर्ने भन्दै हिंसा, आतङ्क, तोडफोड र लुटपाटकाविरुद्ध काम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण