बैंकका अधिकारी बनेर ७ करोड भारु लुटपाट
काठमाडौँ । भारतको केन्द्रीय बैंकका अधिकारीको भेसमा आएका हतियारधारीहरूले दक्षिणी राज्य कर्नाटकमा ७ करोड भारु लुटेका छन् ।
प्रहरीका अनुसार सशस्त्र समूह ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)का अधिकारी बनेर आएको थियो । घटना बुधबार बैंगलुरुको केन्द्रमा दिनदहाडै भएको हो ।
मध्याहन्न तिर एसयूभीमा आएका ६ जना पुरुषले व्यस्त सडकमा नगद बोकेर गइरहेको भ्यान रोके । भ्यानले बैंकको शाखाहरूमा पैसा पुर्याइरहेको थियो ।
भ्यानमा चालक, पैसाको रेखदेख गर्ने मान्छे र दुई जना सुरक्षा गार्ड थिए । चोरहरूले भ्यानमा भएका मानिसलाई आफूहरू आरबीआइएको अधिकारी भएको र उनीहरूसँग त्यति ठुलो रकम ओसारपसार गर्न सही कागजात छ त भनेर पुष्टि गर्नुपर्यो भने ।
त्यसपछि सो गिरोहले पैसाको रेखदेख गर्ने मान्छे र गार्डलाई हतियार छाडेर भ्यानबाट निस्केर एसयूभीमा चढ्न भने । चालकलाई भने भ्यान चलाउन जारी राख्न भनियो । केही किलोमिटरसम्म त एसयूभीले नगद बोकेको भ्यानलाई पछ्यायो । तर त्यसपछि गिरोहले भ्यानका चालकलाई भ्यानबाट जर्बजस्ती बाहिर निकाले । अनि नगद संरक्षक र गार्डहरूलाई पनि एसयूभीबाट बाहिर निकालिदिए र टाउकोमा बन्दुकको तेर्साएर पैसा आफ्नो एसयूभीमा ओसारेर भागे ।
त्यस क्षेत्रमा सीसीटीभी कभरेज थोरै थियो । गिरोहले यस चोरीमा धेरै सवारी साधन प्रयोग गरेको छ कि छैन भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । नगद ढुवानी सेवा कम्पनीले प्रहरीमा उजुरी दर्ता गरेको छ । डकैतीमा प्रयोग गरिएको एसयूभीमा नक्कली नम्बर प्लेट र भारत सरकार’ लेखिएको स्टिकर भएको एक प्रहरी अधिकारीले नाम न छाप्ने सर्तमा बीबीसीलाई बताएका छन् । यस डकैतीमा कम्पनीका कर्मचारीहरूको कुनै संलग्नता पो छ कि छैन भनेर पनि अनुसन्धान भइरहेको बताइएको छ ।
प्रहरीले डकैतीमा प्रयोग गरिएको एसयूभी बरामद गरेको छ । तर संदिग्धहरूले भाग्न कुन गाडी प्रयोग गरेका थिए भन्ने कुरा अझै स्पष्ट नभएको बताइएको छ । ‘तिनीहरूले गाडी परिवर्तन गरेको र पैसा सारेको प्रमाणित भएको छ’ कर्नाटकका गृहमन्त्री जी परमेश्वराले भनेका छन् ।
राज्यमा हालै भएका अन्य उच्च–प्रोफाइल बैंक डकैतीका घटनाजस्तै प्रहरीले यो मुद्दा चाँडै समाधान गर्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए । मे महिनामा, विजयपुरा जिल्ला बैंकबाट डुप्लिकेट लकर साँचो प्रयोग गरेर ५३ करोड २६ लाख रुपैयाँ बराबरको ५९ किलो सुन चोरी भएको थियो । त्यसपछि प्रहरीले ३९ किलो सुन र केही नगद बरामद गर्यो । अनि यस घटनामा बैंकका दुई पूर्व कर्मचारीहरू सहित १५ जनालाई पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण