शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल

शुक्रबार, ०५ मङ्सिर २०८२, २० : ३३
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • मन्त्री खरेलले देशको विकासका लागि एआई आवश्यक रहेको बताए ।
  • उनले एआईको प्रयोगलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
  • खरेलले निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्यमा जोड दिए ।

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको समग्र विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरिहार्य रहेको उनले बताएका छन् ।

काठमाडौँमा आज आयोजित “एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ नेपाल एआई रेडी फ्युचार’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले एआईको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको उनले प्रस्ट पारे । सञ्चारमन्त्री खरेलले व्यापक डिजिटल साक्षरतामार्फत डिजिटल विभाजनलाई कम गर्न एआईबाट अधिकतम लाभ लिनसक्नुपर्नेमा जोड दिए ।

मन्त्री खरेलले सरकारले ‘एआई नीति २०८२’ को निर्देशनअनुसार राष्ट्रिय एआई काउन्सिल र राष्ट्रिय एआई सेन्टर स्थापना गरिसकेको जानकारी दिए । उनले एआईको प्रयोग सबैका लागि समावेशी, नैतिक, सुरक्षित र लाभदायक हुनुपर्छ भन्ने सरकारको स्पष्ट दृष्टिकोण रहेको बताए । “हाम्रो देशको एआईसम्बन्धी दृष्टि स्पष्ट र सिद्धान्तमा आधारित छ”, सञ्चारमन्त्री खरेलले भने, “हामी एआई प्रविधिको प्रयोगलाई समावेशी, नैतिक, सुरक्षित र सबैका लागि फाइदाजनक बनाउने लक्ष्यमा प्रतिबद्ध छौँ ।”

मन्त्री खरेलले सरकारको रणनीति डिजिटल साक्षरता विस्तार गरी डिजिटल विभाजन अन्त्य गर्ने, महिला, युवा र सीमान्तकृत समुदायलाई सशक्तीकरण गर्नेमा केन्द्रित रहेको बताए । उनले नागरिकको डेटा गोपनीयता र अधिकारको रक्षा गर्दै जिम्मेवार आविष्कारलाई प्रोत्साहन गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप