मुस्ताङमा २६६ मतदाता थपिए
सारांश
- मुस्ताङमा प्रतिनिधिसभा निर्वाचनका लागि २६६ जना नयाँ मतदाता थपिएका छन्।
- नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावली दर्ता भएकाे छ।
- निर्वाचन आयोगले मतदाता नामावली दर्ताको म्याद थप गरेको थियो।
मुस्ताङ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा २६६ जना नयाँ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार नगारिकताका आधारमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या १४३ जना र राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या १२३ जना रहेका छन्। गत १० मङ्सिरदेखि सुरु भएको मतदाता नामावली दर्ता म्याद कात्तिक मसान्तसम्म तोकिए पनि मतदान प्रक्रियामा कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले ५ कात्तिक साँझ ५ बजेसम्म म्याद थप गरेको थियो ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नायब सुब्बा लक्ष्मी अधिकारीका अनुसार यहाँ मतदाता नामावलीमा नाम दर्ता गराउन आएकामध्ये अधिकांश युवा पुस्ताका मतदाता छन् । मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या आयोगले आज साँझसम्म म्याद तोकेको थियो ।
सरकारले अनलाइनबाट आफ्नो मतदाता बनाउन सकिने व्यवस्था गरिएको भए पनि अधिकांश मतदाता कार्यालयमा उपस्थित भई मतदाता नामावली दर्ता गराएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण