बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शनिबार, ०६ मङ्सिर २०८२, ०७ : ५६
सारांश
- चितवनमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भयो।
- दुर्घटनामा दुई जना घाइते भए र उनीहरूको उपचार भइरहेको छ।
- प्रहरीले बस चालकको खोजी गरिरहेको छ।
चितवन । बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट माडी नगरपालिका–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पैदलयात्रीलाई ठक्कर दिएपछि बस अनियन्त्रित भई खेतमा खस्दा बसमा सवार दुई जना घाइते भए ।
घाइते दुवै जनाको बघौडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए । बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रियामाथि ३–० को सानदार जित निकाल्दै स्पेन अर्को चरणमा
-
महिला टी-२० विश्वकप: दक्षिण अफ्रिकालाई हराउँदै इङ्ल्यान्ड फाइनलमा
-
१३०० भन्दा बढी घरमा खानेपानी सुविधा विस्तार
-
स्पेनले थप्यो अर्को गोल
-
कर्णाली दुर्घटना अपडेटः आज बिहानैदेखि बेपत्ताहरुको खोजीकार्य सुरु हुने
-
रास्वपाले आज सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण