बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनःस्थापित
सारांश
- वसन्तपुरस्थित कुमारीको घरबाट चोरिएको तोरण पुनःस्थापित गरिएको छ।
- महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले तोरण पुनःस्थापना गर्ने निर्णय गरेको थियो।
- चोरिएको तोरण बेलायतको संग्रहालयमा फेला परेको थियो र राष्ट्रिय संग्रहालयमा राखिएको थियो।
काठमाडौँ । वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण पुनःस्थापित गरिएको छ । तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो ।
_JK9B0roViD.jpg)
विसं २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य बेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो । तोरण पुनःस्थापित गराउनुअघि महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा २३ (कुमारी घर रहेको वडा) का अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन, कुमारी घरका संरक्षक गौतम शाक्यसहित अधिकारी तोरण बुझ्न संग्रहालय पुगेका थिए ।
_KqGj7YT0T9.jpg)
उनीहरुले तोरण बुझ्ने पत्रमा हस्ताक्षर तथा औँठाछाप लगाएर फिर्ता ल्याएका हुन् । त्यस क्रममा सम्पदा संरक्षणकर्मी, स्थानीयवासीहरुको उल्लासमय सहभागिता थियो ।
कुमारी घरको भुइँ तलामा रहेका झ्याल ढोकामध्ये बायाँतर्फबाट पाँचौ नम्बरमा पर्ने झ्याल माथि राखिएको अर्धगोलाकार काठको क्षेपु आकृति भएको तोरण १७ देखि १८ औँ शताव्दीमा काठबाट निर्माण भएको हो ।
यो १०४.५५ सेन्टिमिटरको छ । कुमारी बहाल राजा जय प्रकाश मल्लको पाला (वि.सं. १८१४) मा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण