प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधन डाइभर्सन
शनिबार, ०६ मङ्सिर २०८२, १२ : ५९
सारांश
- नेकपा एमालेको जनप्रदर्शनका कारण प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधन डाइभर्सन गरियो।
- टुँडिखेल वरिपरिका सवारी साधन आवागमनमा प्रभाव परेको छ, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध छ।
- माइतीघर चोकबाट थापाथलीतर्फ जाने सवारी साधनलाई मुख्य लेनबाट पठाइयो, अन्य स्थानको आवागमन सामान्य छ।
काठमाडौँ । नेकपा एमालेको जनप्रदर्शनका कारण प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधन डाइभर्सन गरिएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पद्मोदय मोड र सभागृह मोडबाट डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको हाे ।
जनप्रदर्शनका कारण टुँडिखेल वरिपरि भएर चल्ने सवारी साधनको आवागमनमा पनि प्रभाव परेको र उक्त सडकको विकल्पमा अन्य सडक प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
त्यस्तै, माइतीघर चोकबाट सर्भिस लेन हुँदै थापाथलीतर्फ जाने सवारी साधनलाई मुख्य लेनबाट पठाइएको समेत ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले जानकारी दिए ।
यता सामाखुसी चोक र चाबहिल चोकमा समेत सवारी साधन आवागमनमा केही प्रभाव परेको जनाइएको छ । यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण