मार्क वाटको शतकमा कर्णालीको सहज जित
सारांश
- शनिबार, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।
- खेलको अपडेटका लागि तयार रहनुहोला।
काठमाडौँ । मार्क वाटको शतकको सहयोगमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्समाथि सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा कर्णालीले लुम्बिनी लायन्सलार्य ९ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२ ओभर २ बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
कर्णालीका लागि मार्क वाटले ११४ रनको शतकीय पारी खेले । ४४ बल खेलेका उनले ६ चौका र १२ छक्का प्रहार गरे ।
कर्णालीका विलियम बसिस्टोले २९ रन बनाउँदा प्रियान्स पन्चलले १२ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । रोहितले ४३ बल खेल्दै चार चौका र २ छक्का प्रहार गरे ।
लुम्बिनीका लागि जेजे स्मिथले १३ बलमा २३ रन बनाए । त्यस्तै, रुवेन ट्रम्पलमेनले २९ रनको योगदान गरे । कर्णालीका लागि नन्दन यादवले दुई विकेट लिए ।
त्यस्तै विपिन शर्मा, मार्क वाट, युवराज खत्री, गुलशन झा र सोमपाल कामीले एक एक विकेट लिए । जितसँगै कर्णालीले दुई खेलबाट २ अंक जोडेको छ । यता लुम्बिनीको पनि २ अंक छ ।
कर्णाली पहिलो खेलमा कर्णाली चितवन राइनोजसँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण