सरकारको आलोचना गर्न दुर्गा प्रसाईं पक्षमा उभिए ओली, यस्तो छ ओलीको भाषणका हाइलाइट्स
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारको आलोचना गर्दै दुर्गा प्रसाईंको समर्थन गरे।
- ओलीले प्रसाईंलाई पक्राउ गर्नुको कारण कार्की जोडिएको क्यासेट भएको आरोप लगाए, र प्रधानमन्त्रीको जवाफ मागे।
- उनले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने र राजीनामा दिनुपर्ने माग गरे।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार राजधानीको आयोजित एक कार्यक्रममा सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए ।
सरकारको आलोचनामा अधिकांश समय खर्चिएका उनी बरु आफ्नो कटु आलोचक रहेका राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंको पक्षमा उभिए ।
प्रसाईं केही दिनअघि पक्राउ परेका थिए । तर, सुशीला कार्की जोडिएको एक क्यासेट सार्वजनिक गरेकै कारण प्रसाईंलाई सरकारले पक्राउ गर्ने काम भएको ओलीले दाबी गरे ।
यतिमात्रै होइन ओलीले प्रधानमन्त्री कार्कीले नेताहरुविरुद्ध बोलेको सुनिने क्यासेटबारे जवाफ समेत माग गरे । ‘दुर्गा प्रसाईंको अरू के हो म जान्दिनँ । उनले निकालेको क्यासेटको सम्बन्धमा नेपाली जनतालाई सरकारले बताउनुपर्छ’, उनले भने, ‘प्रधानमन्त्रीले त्यो क्यासेट के हो बताउनुपर्छ ?’
जेनजी आन्दोलनकै बेला हेलिकप्टर उडेको देखिएकै बेला उक्त क्यासेटमा प्रधानमन्त्री कार्कीको गैरजिम्मेवार अभिव्यक्ति सुनिएको उनको भनाइ छ ।
उनले भने, ‘सेनाले नेताहरूलाई बचायो भन्दा किन बचाउने भन्ने पूर्वप्रधानन्यायाधीश अहिले असंवैधानिक प्रधानमन्त्रीको आवाज सुनिन्छ, त्यो के हो ?’ त्यो क्यासेट बाहिर ल्याएकै कारण प्रसाईंलाई पक्राउ गरिएको ओलीको आरोप थियो । ‘मान्छे गिरफ्तार गर्ने होइन, त्यो क्यासेटको छिनोफानो हुनुपर्छ’, ओलीको भनाइ थियो ।
यस्तै ओलीले कार्की नेतृत्वको वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताए । ओलीले अदालतले कुनैपनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठहर्याउन नसक्ने समेत जिकिर गरे ।
उनको भाषणका हाइलाइट्स
-
सरकारको वैधतामा प्रश्न: वर्तमान सरकार संविधान र लोकतान्त्रिक विधि मिचेर, 'कीर्ते' र असंवैधानिक तवरले गठन भएको दाबी। यो सरकारले देशमा अराजकता, हिंसा र लुटपाटलाई प्रश्रय दिएको आरोप।
-
संसद् पुनःस्थापनाको माग: वर्तमान राजनीतिक निकासको एकमात्र बाटो विघटित प्रतिनिधि सभाको अविलम्ब पुनःस्थापना भएको जिकिर।
-
निर्वाचनको घोषणाप्रति अविश्वास: सरकारले फागुन २१ गते निर्वाचन गराउँछ भन्ने कुरा 'ढाँट' मात्र भएको र यो सरकारसँग चुनाव गराउने कुनै अधिकार र हैसियत नभएको टिप्पणी।
-
प्रधानमन्त्रीमाथि गम्भीर आरोप : दुर्गा प्रसाईंले सार्वजनिक गरेको 'क्यासेट'को विषयमा प्रधानमन्त्रीले तत्काल जनतालाई स्पष्टीकरण दिनुपर्ने माग।
-
जेन-जी अभियानको आलोचना: 'जेन-जी' भन्ने शब्द कृत्रिम र युवालाई दिग्भ्रमित पार्न ल्याइएको तर्क। युवाहरुलाई यसको नाममा प्रयोग गरिएको र भदौ २३ को आन्दोलन षड्यन्त्रपूर्ण भएको दाबी।
-
सुरक्षा र सुशासनको अभाव: सरकारले जनतालाई सुरक्षा दिन नसकेको, वीरगञ्जमा लुटपाट र आगजनी हुँदा रमिते बनेको तर बारामा एमालेका युवाको कार्यक्रममा प्रहरी दमन गरेको आरोप।
-
एमालेको शक्ति र संकल्प: नेकपा एमाले देशको सबैभन्दा लोकप्रिय र देशभक्त पार्टी भएको दाबी गर्दै कसैको धम्की वा घेराबन्दीबाट नडराउने उद्घोष। एमालेलाई जिस्क्याउने वा उत्तेजित बनाउने काम नगर्न चेतावनी।
-
मिडिया र स्वतन्त्रता: वर्तमान सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको र मिडियालाई धम्क्याउने काम गरेको आरोप।
-
राजीनामाको माग: वर्तमान सरकार असंवैधानिक र असफल भइसकेको भन्दै प्रधानमन्त्रीलाई तत्काल पदत्याग गर्न सुझाव।
-
अन्य दललाई आग्रह: अन्य राजनीतिक दलहरुलाई पनि भ्रममा नपर्न र लोकतन्त्रको पक्षमा उभिन आग्रह।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण