गोरखामा सात हजार ७८५ मतदाता थपिए
सारांश
- गोरखामा ७ हजार ७८५ मतदाता थपिएका छन्, पछिल्लो नामावली दर्ताको अन्तिम दिनसम्म।
- निर्वाचन कार्यालय र राष्ट्रिय परिचय पत्रमार्फत नामावली दर्ता गर्नेको संख्या उल्लेख छ।
- फागुन २१ गते हुने निर्वाचनका लागि योग्य मतदाताको विवरण छुट्याउन समय लाग्ने बताइएको छ।
गोरखा । गोरखामा सात हजार ७८५ मतदाता थपिएका छन् । पछिल्लोपटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा उक्त मतदाता थपिएका हुन् ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नेगरी समय निर्धारण गरेपछि गत असोज दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरेको थियो । मतदाता नामावली दर्ताका लागि सुरुमा कात्तिक मसान्तसम्म र पछि मङ्सिर ५ गते शुक्रबारसम्म पाँच दिन म्याद थप गरिएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार निर्वाचन कार्यालयबाट नामावली दर्ता गराउनेको सङख्या एक हजार ५५० रहेको छ । जसमा ९०८ पुरुष र ५९४ महिला रहेका छन् । यस्तै, ६ हजार २३५ जनाले राष्ट्रिय परिचय पत्रमार्फत नामावली दर्ता गराए ।
पछिल्लो मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य मतदाताको विवरण छुटाउनलाई भने केही समय लाग्ने सूचना अधिकारी सुवेदीले बताए । उनका अनुसार विगतको तुलनामा यसपटक मतदाता नामावली दर्ता गराउन युवा पुस्ताको उत्साह देखिएको थियो । जिल्लामा मतदाताको सङ्ख्या दुई लाख २९ हजार ७६६ पुगेको उनले बताए ।
गोरखामा यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख २१ हजार ९८१ मतदाताले मतदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण