सेयर बजारमा उत्साह : परिसूचक २६०० नाघ्यो, दुई कम्पनीले उचाल्यो कारोबार
सारांश
- सोमबार नेपालको सेयर बजारमा उत्साहजनक वृद्धि देखियो, नेप्से परिसूचक ३९.९२ अंकले बढ्यो र २६०० विन्दु पार गर्यो।
- आजको बजारमा ६ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो, जसमा २३७ कम्पनीका सेयर मूल्य वृद्धि भयो।
- एनआरएन इन्फ्रास्ट्रक्चर र पिपुल्स हाइड्रोपावरको कारोबारले बजारमा वृद्धिमा योगदान पुर्यायो।
काठमाडौं । नेपालको सेयर बजारमा उत्साह देखिएको छ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.९२ अंकले बढेको हो । योसँगै बजारले २६०० विन्दु पार गरेको छ ।
आज बजारमा कुल ६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कुल १ करोड ३३ लाख सेयर कारोबार भयो ।
बजारको अधिकांश कम्पनीका सेयर मूल्यमा आज वृद्धि भएको छ । कारोबारमा आएकामध्ये आज २३७ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको हुँदा १८ कम्पनीका सेयर मूल्य घटेका छन् ।
बजारमा आज म्युचुअल फण्ड बाहेक सबै सूचकमा वृद्धि भएको छ । इन्भेष्टमेन्ट र जीवन बीमा क्षेत्रमा २ प्रतिशत भन्दा धेरै वृद्धि हुँदा ट्रेडिङ बाहेक अरु सबै सूचकमा एक प्रतिशत भन्दा धेरैको वृद्धि भएको छ ।
आज पनि सागर डिस्टिलरी, बन्दीपुर केबलबार, झापा इनर्जी लगायतका कम्पनी छन् । यी सबैको मूल्यमा सकारात्मक सर्किट लागेको छ । पिपुल्स हाइड्रोपावरको मूल्य सर्वाधिक ७.६५ प्रतिशतले घटेको देखिन्छ ।
आज बजारमा एनआरएन इन्फ्रास्ट्रक्चर एक्लैले ६५ करोडको कारोबार गरेको छ । पिपुल्स हाइड्रोपावरको समेत ३४ करोडको कारोबार भएको छ । अघिल्लो दिन ४ अर्ब ६५ करोडको कारोबार आज बढ्नुमा यी दुई कम्पनीको प्रमुख योगदान रहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण