नेकपा रोजेका जसपाका ६ नेताले भने– बैठक नडाकेपछि फरक बाटो रोज्यौँ
सारांश
- जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ जना नेताले पार्टीको कार्यकारिणी बैठक नडाकिएपछि फरक बाटो रोजेका छन्।
- उनीहरूले नेकपासँग एकीकरण र ध्रुवीकरणको दिशामा अगाडि बढ्ने बताएका छन्, र यसको जानकारी अध्यक्ष अशोक राईलाई गराएका छन्।
- जसपाको केन्द्रीय कार्यकारिणीका १५ सदस्यमध्ये ६ जना नेताले पार्टी छाडेर नेकपासँग एकता गर्ने निर्णय लिएका छन्।
काठमाडौँ । जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ जना नेताले पार्टीको कार्यकारिणी बैठक नडाकिएपछि फरक बाटो रोज्नुपरेको बताएका छन् ।
आइतबार अध्यक्ष अशोक राईलाई पत्र लेख्दै श्रेष्ठसहितका ६ नेताले एकीकरण र ध्रुवीकरणमा जोड दिँदै फरक बाटो रोजेको बताएका छन् ।
‘...तर दिनानुदिन काम गर्नुपर्ने कार्यकारिणीको स्थगित भएको बैठक हालसम्म नडाकिएको हुँदा चालु केन्द्रीय कार्यकारिणी समितिको बैठकको कार्यसूची नं.१ (ख) को कार्यसूचीलाई टुङ्गोमा नपुर्याएकोमा असहमत रहँदै जेनजी आन्दोलनपछि विकसित नयाँ परिस्थितिमा २०६२/०६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूसमेत खतरामा पर्नसक्ने भएकाले विचारमा सामीप्यता रहेको अग्रगामी परिवर्तनका पक्षधर राजनीतिक शक्तिसँग मिलेर प्राप्त उपलब्धिहरूको रक्षा र थप उपलब्धि प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्दछ भन्ने हाम्रो धारणा रहेको छ’, ६ नेताले अशोक राईलाई लेखेको पत्रमा भनिएको छ ।
उनीहरूले लेखेको पत्रमा थप भनिएको छ, ‘हामी तपसिलका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू जनता समाजवादी पार्टीका आ–आफ्ना पदीय जिम्मेवारीबाट अलग हुँदै विभिन्न पार्टीहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकीकरण र ध्रुवीकरणको दिशामा अगाडि बढ्ने व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
अध्यक्ष राईलाई जानकारी गराएको पत्रमा श्रेष्ठसहित उपाध्यक्ष रणध्वज लिम्बु (कन्दङ्वा),उपाध्यक्ष परशुराम बस्नेत,केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष दुर्गामणी देवान,केन्द्रीय विज्ञ परिषदका अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु रहेका छन् । जसपाको केन्द्रीय कार्यकारिणी १५ सदस्यीय रहेपनि केही समययता बैठकमा थोरै संख्यामा मात्र उपस्थित हुने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण