दुर्गा प्रसाईँ र सरकारबिच वार्ता हुने
काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँबिच वार्ता हुने भएको छ ।
सर्वोच्च अदालतको आदेशले आइतबार रिहा भएका प्रसाईँ र सरकारबिच वार्ता हुने भएको हो ।
शनिबार राति बालुवाटारमा भएको वार्तामा आजदेखि तय भएको प्रसाईँ नेतृत्वको समूहको बन्द र हडतालका कार्यक्रम स्थगित गर्ने सहमति भएको थियो । यस्तै प्रसाईँले यसअघि प्रस्तुत गरेका २७ बुँदे मागका सम्बन्धमा प्रसाईँसँगै वार्ता हुने सहमति पनि भएको थियो ।
सहमतिपत्रमा भनिएको थियो, ‘अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको छ ।’सो समझदारीअनुसार छिट्टै वार्ता हुने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए । तर, मिति भने तय हुन बाँकी रहेको उनको भनाइ छ ।
सरकार र महाभियानबिच २७ बुँदे माग सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति नै भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण