खोटाङमा थपिए तीन हजार ९८५ मतदाता
सारांश
- खोटाङमा मतदाता नामावली सङ्कलन अभियानमा तीन हजार ९८५ जनाले नाम दर्ता गराए।
- नयाँ मतदातामध्ये अधिकांश युवा छन् र १६ देखि २५ वर्ष उमेर समूहका छन् ।
- पुस १५ गते अन्तिम नामावली प्रकाशन हुनेछ र फागुन २० गतेभित्र १८ वर्ष पुगेकाले मतदान गर्न पाउनेछन्।
खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर खुला गरिएको मतदाता नामावली सङ्कलन अभियानका क्रममा खोटाङका तीन हजार ९८५ जनाले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गराएका छन् ।
जेनजी आन्दोलनपछि गठन भएको सरकारले दिएको निर्देशनअनुसार निर्वाचन आयोगले गत असोज ९ गतेदेखि देशभर सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानका क्रममा खोटाङका एक हजार ९२३ महिला र दुई हजार ६२ पुरुषले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउने नयाँ मतदातामध्ये अधिकांश युवा छन् । जिल्लामा मतदाता नामावली दर्ता गराउने अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका छन् ।
यही मङ्सिर ५ गतेसम्म थपिएका नयाँ मतदातामध्ये कार्यालयमा आएर एक हजार २०३ जना र राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार ७८२ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका थिए। जिल्ला निर्वाचन कार्यालयका प्रमुख रविन मगरले जानकारी दिए ।
“गत कात्तिक १७ गतेसम्म खोटाङमा एक लाख ४४ हजार ३२९ मतदाता कायम भएको थियो । अहिले तीन हजार ९८५ जनाले मतदाता नामावलीमा आफ्ना नाम दर्ता गराए”, उनले भने, “निर्वाचन आयोगले आगामी पुस–१५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । मतदाता नामावलीमा नाम दर्ता गराएर फागुन २० गतेभित्र १८ वर्ष पूरा भएका व्यक्तिले मतदान गर्न पाउँछन् । त्यो सङ्ख्या पुस १५ गते मात्र यकिन हुन्छ ।”
जिल्लामा यसअघि कायम भएका एक लाख ४४ हजार ४२९ मतदातामध्ये ८१० मतदाताले अन्तर जिल्ला मतदान केन्द्र कायम गरिदिन माग गर्दै कार्यालयमा निवेदन दिएको जिल्ला निर्वाचन अधिकारी मगरले जानकारी दिए ।
यस्तै, नयाँ मतदाता नामावली दर्ताका लागि २७० मतदाताले बाहिर फाराम भरे पनि बायोमेट्रिक गर्न कार्यालय नआएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण