भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नौ करोड ३० लाख जम्मा
सारांश
- आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशनले कोषमा १ करोड १ लाख जम्मा गर्यो।
- एफवान सफ्ट ग्रुपका कर्मचारीहरूले ७५ लाखको चेक हस्तान्तरण गरे।
- कोषमा हालसम्म जम्मा ९ करोड ३० लाख जम्मा भएको छ।
काठमाडौँ । सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जन सहभागिताको उत्साहजनक योगदान भइरहेको छ। आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रु एक करोड एक लाख बराबर रकम कोषमा जम्मा गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले उक्त रकमको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे। यसैगरी, एफवान सफ्ट ग्रुप अन्तर्गत एफवान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारीहरूको संयुक्त योगदानको रूपमा रु ७५ लाख बराबरको चेक पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो। सो चेक ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले मङ्सिर ३ गते अर्थमन्त्रीलाई हस्तान्तरण गरेका थिए।
अर्थमन्त्री खनालले दुवै कम्पनीलाई भौतिक पूर्वाधार पुनर्निर्माणमा योगदान दिएकोमा विशेष धन्यवाद ज्ञापन गरेका छन्। अर्थमन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आइतबारसम्म उक्त कोषमा जम्मा रकम रु नौ करोड ३० लाख पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण