पौवादुङमाको चाँपे गाउँमा एक घर एक धारा जडान
सारांश
- पौवादुङमाको चाँपे गाउँमा घरघरमा धारा जडान सम्पन्न भयो।
- वडा र गाउँपालिकाको पहलमा ३० घरपरिवारमा धारा जडान गरियो।
- स्थानीयको वर्षौंदेखिको पानीको समस्या समाधान भएको छ।
भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान भएपछि स्थानीय सहज भएका छन् । गाउँपालिका र वडाको पहलमा पिउने पानीको समस्या झेल्दै आएका ३० घर परिवारमा घरघरमा धारा जडान गरिएको हो ।
यहाँको पिउने पानीको समस्या रहेको चाँपे गाउँमा ‘एक घर, एक धारा’ जडान गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । पानीको चरम समस्या रहेका स्थानीयलाई लक्षित गरेर पानी वितरण गरिएको उनले बताए ।
“स्थानीयको पानीको समस्या समाधानको लागि चाँपे गाउँमा पानी वितरण गर्न सफल भएका छौँ”, वडाध्यक्ष तामाङले भने, “यहाँका सबै घरमा शुद्ध पिउने पुगेको अवस्था छ । अब भने यहाँका स्थानीयको वर्षौँदेखिको पानीको समस्या समाधान भएको छ ।”
यहाँ गाउँपालिकाबाट रु चार लाख ५० बजेट विनियोजन गरेर स्थानीयलाई पानी वितरण गरिएको पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । गाउँपालिकामा ठुला–साना विभिन्न खानेपानी योजना सञ्चालन गरेर ‘एक घर एक धारा’ पुर्याउने लक्ष्यका साथ काम गरिरहेको उपाध्यक्ष राईले बताइन् ।
“यहाँका ३० परिवारको घरमा धारा जडान गर्न सफल भएका छौँ”, उनले भनिन्, “हाम्रो गाउँपालिकाको अन्य वडामा पानीको निकै ठुलो समस्या छ । ठुला योजना सञ्चालनसँगै यहाँका मुहानको संरक्षण गरेर स्थानीयको घरघरमा धारा पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।
‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर प्रत्येक घरमा शुद्ध पिउने पानी पुर्याइएपछि स्थानीय खुसी भएका छन् । घरमा धारा जडान भएपछि वर्षौँदेखिको पानीको समस्या अन्त्य भएको स्थानीय तारा तामाङले बताइन् । अब भने पानीको जोह गर्नको लागि घण्टौँ समय बिताउनुपर्ने अवस्था नरहेको उनले बताइन् ।
“घरमा धारा नहुँदा पानीको निकै समस्या थियो”, उनले भनिन्, “अन्यत्रबाट बोकेर ल्याएर पानीको जोह गर्दै आएका थियौँ । घरमा नै धारा जडान भएपछि सहजता भएको छ ।”
घरमा धारा नहुँदा घण्टौँ परबाट डोकोमा बोकेर ल्याएर पानीको जोह गर्दै आएको अर्की स्थानीय सङ्गीता राईले बताइन् । घरको आँगनमा धारा जडानले सरसफाइसँगै खेर गएको पानी करेसाबारी प्रयोग गर्दै आएको उनले बताइन् ।
“विगतमा पानीको जोह गर्न डोको बोकेर ल्याउनुपर्ने अवस्था थियो”, उनले भनिन्, “अहिले धारा जडान भएपछि दैनिक कामकाजमा सहज छ । खेर गएको पानीको सदुपयोग गरेर करेसाबारीमा प्रयोग गरिरहेका छौँ । गाउँपालिकाले गरेको कामले हाम्रो दैनिकीमा परिवर्तन ल्याएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण