बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दुर्गम जिल्लाका छात्रालाई नइ कपिल विद्या पदक

सोमबार, ०८ मङ्सिर २०८२, ११ : १३
सोमबार, ०८ मङ्सिर २०८२

सारांश

  • नइ एकेडेमीले २०८२ सालको उत्कृष्ट विद्यार्थी घोषणा गर्दै दुर्गम जिल्लाका छात्रालाई नइ कपिल विद्या पदक प्रदान गर्यो।
  • डोल्पा, हुम्ला, बाजुरा र दार्चुलाका छात्रालाई जनही ३० हजार रुपैयाँ राशिसहित पुरस्कार प्रदान गरिएको हो।
  • यो पुरस्कार नइ एकेडेमीले डा. कपिलदेव उपाध्यायको सम्मानमा प्रदान गर्दै आएको छ।

काठमाडौँ । नइ एकेडेमीले ४ वटा दुर्गम जिल्लाका छात्रालाई २०८२ सालको सर्वोत्कृष्ट घोषणा गर्दै नइ कपिल विद्या पदक प्रदान गरेको छ । डोल्पा, हुम्ला, बाजुरा र दार्चुला जिल्लाका सर्वश्री सुमित्रा बूढा, सौमती शाही, प्रतीक्षा विष्ट र इशारा कोट्टारीलाई जनही ३०–३० हजार रुपैयाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ प्रदान गरिएको हो ।

चारै जना छात्रालाई अनलाइनबाट पुरस्कारका राशि प्रदान गरिएको सो एकेडेमीले जनाएको छ ।  सो एकेडेमीले ४ जिल्लाका सरकारी स्कुलबाट कक्षा १२ का छात्रामध्ये सर्वोत्कृष्टलाई ‘नइ कपिल विद्या पदक’ प्रदान गर्दै आएको छ ।  

सर्वोत्कृष्ट घोषित छात्राहरू डोल्पाको आदर्श स्कुल, हुम्लाको मानसरोवर स्कुल, बाजुराको जनप्रकाश स्कुल र दार्चुलाको लटीनाथ स्कुलका रहेका छन् । नइ एकेडेमीले २०७९ सालदेखि सुप्रसिद्ध मनोचिकित्सक डा.कपिलदेव उपाध्यायका सम्मानमा बर्सेनि ‘नइ कपिल विद्या पदक’ प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप