एमालेका कारण अरू दललाई ऊर्जा थपिएको छ : प्रदीप ज्ञवाली
सारांश
- एमाले उपमहासचिव ज्ञवालीले एमालेको सक्रियताले अन्य दलमा ऊर्जा थपिएको बताए ।
- ज्ञवालीले देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबीच ध्रुवीकरण भएको बताए ।
- जनपरिचालन समिति बैठकले महाधिवेशनको उद्घाटन सत्रलाई ऐतिहासिक बनाउने तयारीबारे जानकारी दियो।
काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रियताका कारण अन्य राजनीतिक दलहरूमा पनि ऊर्जा थपिएको दाबी गरेका छन् । सोमबार बसेको जनपरिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उनले जति राजनीतिक गतिविधि बढ्छन्, त्यति नै अराजकता घटने बताए ।
मुलुकमा हाल देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबिच ध्रुवीकरण भएको ज्ञवालीको भनाइ छ । ‘एमालेका कारण अरू दललाई पनि ऊर्जा थपिएको छ । एमालेलाई जस दिनु र नदिनु फरक कुरा हो । जति राजनीतिक गतिविधि बढ्छन्, त्यति देशमा अराजकता घट्छ । एमाले फेरि लयमा फर्किएको छ’, ज्ञवालीको भनाइ छ ।
बैठकमा बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा.राजन भट्टराईले भदौ २७ गते हुने महाधिवेशनको उद्घाटन सत्र तथा जनसभालाई ऐतिहासिक बनाउने तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए ।
बैठकले पालिका र वडा तहसम्म व्यापक जनसहभागिता सुनिश्चित गर्ने उद्देश्यले विस्तृत जनपरिचालन कार्ययोजना पारित गरेको छ । एमालेले महाधिवेशनको उदघाटन सत्रलाई सफल बनाउन आगामी दिनहरूमा जनपरिचालन अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण