सन्दीपले लिए मिलान्थाको विकेट, जनकपुरले ३ ब्याटर गुमायो
सोमबार, ०८ मङ्सिर २०८२, १४ : १२
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ३ विकेट गुमाएको छ । जवाफी ब्याटिङ गरिरहेको जनकपुरका ओपनर लाहिरु मिलान्थालाई विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले बोल्ड गरेका हुन् ।
मिलान्थाले २२ बलमा २३ रन बनाएका थिए । १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले राम्रो ब्याटिङ गर्न सकेको छैन । ९ ओभर सकिँदा जनकपुरले जम्मा ४८ रन मात्रै बनाएको छ ।
जनकपुरका कप्तान अनिल १४ बलमा जम्मा ४ रन बनाउँदै आउट भइसकेका छन् भने जनकपुरका अर्का ओपनर आसिफ शेख ११ बलमा १३ रन बनाउँदै आउट भएका थिए । स्पिनर लामिछानेले २ विकेट लिइसकेका भने अर्का स्पिनर सुर्य तामाङले पनि एक विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण