लैङ्गिक हिंसा अन्त्यका लागि सबैको साझा प्रतिबद्धता आवश्यक: मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यलाई समृद्ध समाज निर्माणको आधार मानेका छन्।
- उनले लैंगिक हिंसा अन्त्यका लागि परिवार, समुदाय र सरकारी संयन्त्रको सक्रिय भूमिका आवश्यक रहेको बताए।
- लुम्बिनी प्रदेश सरकारले लैङ्गिक समानता नीति कार्यान्वयनमा ल्याएको छ र निजामती सेवामा आरक्षणको व्यवस्था गरेको छ।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यलाई समृद्ध समाज निर्माणको आधारका रूपमा अघि बढाउन सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै नेपालमा अझै पनि कुप्रथा, विभेदपूर्ण सोच र सामाजिक बन्धनका कारण लैंगिक हिंसा सहन बाध्य रहेको भन्दै यस्तो समस्या अन्त्य गर्न परिवारदेखि समुदाय र सरकारी संयन्त्रसम्मको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका हुन ।
संविधानले समतामूलक, समावेशी र सहभागितामूलक समाज निर्माण गर्ने लक्ष्य लिएको बताउँदै लैंगिक हिंसा अन्त्यका लागि कानुनमा तोकिएका प्राब्धानहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, हिंसा प्रभावितको उपचार, संरक्षण तथा पुनर्स्थापनाका उपाय थप प्रभावकारी बनाउनुपर्ने आवश्यक रहेको बताए ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले लैङ्गिक हिंसा अन्त्यलाई विकास र समृद्धिको मुख्य आधारका रूपमा लिएको जानकारी पनि दिए । प्रदेश सरकारले लैङ्गिक समानता नीति निर्माण गरी कार्यान्वयनमा ल्याइसकिएको, जसले महिला, बालबालिका तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको विकास, संरक्षण र सशक्तीकरणलाई प्राथमिकता दिएको उल्लेख गरे ।‘ लुम्बिनी प्रदेश सरकारले लैङ्गिक हिंसा अन्त्यलाई समृद्ध प्रदेश निर्माणको आधार मानेको छ ।
यस्तै प्रदेश सरकारले निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि एक प्रतिशत आरक्षणको व्यवस्था गरी समावेशितालाई संस्थागत गर्दै लैङ्गिक समानताको अभ्यासलाई मजबुत पारेको बताए । मुख्यमन्त्री आचार्यले १६ दिने अभियानले सबैलाई समानता, न्याय र सम्मानमा आधारित सभ्य, सुरक्षित र समुन्नत समाज निर्माणतर्फ अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण