मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
रुस-युक्रेन

रुस-युक्रेन शान्ति स्थापनाका लागि आबुधाबीमा भेट्दै अमेरिकी र रुसी अधिकारी

मङ्गलबार, ०९ मङ्सिर २०८२, १३ : ३४
मङ्गलबार, ०९ मङ्सिर २०८२

काठमाडौं । रुस-युक्रेन युद्ध अन्त्य गरी शान्ति स्थापना सम्झौताका लागि अमेरिका र रुसका अधिकारीहरुले यूएईको आबुधाबीमा भेटवार्ता गर्ने भएका छन् । 

बीबीसीका अनुसार जेनेभामा अमेरिका र युक्रेनी अधिकारीहरुले शान्ति वार्ताको मस्यौदामा छलफल गरेपछि यो वार्ता हुन लागेको हो । 

गएराति युक्रेन र रुसले एकअर्कामाथि ड्रोन र मिसाइल आक्रमण गर्दा दुवैतिर गरेर पाँच जनाको मृत्यु भएको थियो । जेनेभामा भएको वार्तापछिको सम्झौताको संशोधित खाकालाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति योजनामा महत्त्वपूर्ण कुराहरु समावेश भएको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप