राष्ट्रपतिसँग साउदी अरबका राजदूतले गरे बिदाइ भेट
मङ्गलबार, ०९ मङ्सिर २०८२, १४ : ०७
सारांश
- राजदूत साद अबुहमिदले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरे ।
- उनीहरूबीच नेपाल र साउदी अरबबीचको सम्बन्धबारे छलफल भयो ।
- राष्ट्रपति पौडेलले राजदूतलाई कार्यकाल सफल पारेकोमा धन्यवाद दिए ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपतिभवनमा आज बिदाइ भेट गरेका छन्।
त्यस अवसरमा उनीहरूबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले साउदी राजदूतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकोमा धन्यवाद दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण