बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

'विद्या भण्डारीलाई पार्टीमा फर्कने वातावरण निर्माण गर्नुपर्छ' (पूर्णपाठ)

मङ्गलबार, ०९ मङ्सिर २०८२, १६ : ०९
मङ्गलबार, ०९ मङ्सिर २०८२

सारांश

  • वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे।
  • उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कन आग्रह गरेका छन्।
  • पोखरेलले पार्टीको लोकतान्त्रिकरण र नेतृत्व हस्तान्तरणको विषयमा जोड दिए।

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कने बताएका छन् ।

मंगलबार पोखरेलले वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । ‘चार दशक भन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो’, पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ । तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।’

उनले पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्ने पनि बताएका छन् ।

‘तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ’, पोखरेलले भनेका छन् ।

नेता पोखरेलले वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोकतान्त्रिकरणका सम्बन्धमा पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नु भएको, आठौँ, नवौँ र दसौँ राष्ट्रिय महाधिवेशनले स्वीकार गरेको अवधारणालाई नयाँ सन्दर्भमा थप परिमार्जन गरी लागू गरिनु पर्ने पनि बताएका छन् ।

‘जस अन्तर्गत पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनर्स्थापित गरिनु पर्दछ । नेतृत्व विकास र हस्तान्तरणको सहज प्रक्रियालाई कार्यान्वयन गरिनुपर्दछ’, पोखरेलले भनेका छन् ।    

नेता, कार्यकर्ता, सदस्य र नागरिक बिचको सम्बन्धलाई आस र त्रासको छायाबाट मुक्त गरी आपसी विश्वास र आत्मीय सम्बन्धमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै पोखरेलले पार्टी कार्यक्रम तथा नेताहरूमा देखिने तडकभडकपूर्ण जीवनशैलीलाई अन्त्य गरी सादा र जनपक्षीय जीवनशैलीमा जोड दिइनु पर्ने बताएका छन् ।

‘हरेक तहको पार्टी कमिटीलाई सम्बन्धित तहको पार्टी काम, सामाजिक तथा जनकार्यमा पूर्ण जबाफदेही बनाइनु पर्दछ । सारमा नेकपा (एमाले) लाई आम जनसमुदाय र पाटी सदस्यहरूले गौरव गर्न लायक राजनीतिक संस्थाको रूपमा विकास गरिनु पर्दछ’, पोखरेलले भनेका छन्, ‘पार्टी र जनसङ्गठनका हरेक तहमा नवयुवा, युवा र पाका पुस्ताको सम्मानजनक सहभागिता गराउनु पर्दछ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप