इथियोपियाको ज्वालामुखीका कारण नेपालबाट कतार जाने जहाज उडेनन्, यात्रु विमानस्थलमै
सारांश
- इथियोपियाको ज्वालामुखी विष्फोटका कारण कतार एयरलाइन्सका जहाज उडेनन् र यात्रुहरू रोकिए।
- विमानस्थलका अनुसार, ज्वालामुखीको धुवाँले गर्दा उडान प्रभावित भएको हो र रातिसम्म उड्न सक्ने सम्भावना छ।
- कोरिया एयरलाइन्सको जहाज पनि ज्वालामुखीका कारण आज नेपाल आउन सकेन।
काठमाडौँ । इथियोपियाको अफारमा विस्फोट भएको हाइली गुब्बी ज्वालामुखीको असरका कारण हवाइ क्षेत्र प्रभावित भएको छ । नेपालबाट आज कतार जाने तय भएका कतार एयरलाइन्सका जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएका छन्।
आज बिहान १०ः०० बजे एउटा र ११ः०० बजे अर्को उड्ने गरी तालिका तय भएका दुई वटा कतार एयरलाइन्सका वाइडबडी जहाजहरू उक्त ज्वालामुखी विस्फोटपछि निस्किएको धुवाँका कारण उड्न नपाएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएको विमानस्थलका महाप्रबन्धक हँसराज पाण्डेले जानकारी दिए ।
उनले भने, “ज्वालामुखी विस्फोट हुँदा निस्किएको धुवाँका कारण कतार एयरलाइन्सका दुईवटा वाइडबडी जहाज उडेका छैनन् । अहिले नेपालमै रोकिएका छन् । राति २ः०० बजेसम्म उड्न सक्ने खबर छ । ज्वालामुखी विस्फोटको प्रभाव नेपालको अन्य हवाई उडानमा परेको छैन ।'
यसैगरी उक्त ज्वालामुखी विस्फोटका कारण कोरिया एयरलाइन्सको जहाज पनि आज नेपाल आउन नसकेको र भोलि बुधबार साँझ मात्रै नेपाल आउने खबर प्राप्त भएको महाप्रबन्धक पाण्डेले जानकारी दिए ।
कतार एयरलाइन्सको काठमाडौँ–दोहा एवं दोहा–काठमाडौँको उडान तालिकामा असर पर्दा यात्रुहरू मारमा परेका छन्। हाल यात्रुहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको यात्रुकक्षमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण