युभेन्टससँग बोडो ग्लिम्ट ३-२ ले पराजित
बुधबार, १० मङ्सिर २०८२, ०३ : ५०
सारांश
- च्याम्पियन्स लिगमा युभेन्टसले बोडो ग्लिम्टलाई ३-२ ले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गर्यो।
- खेलको सुरुमा ग्लिम्टले अग्रता लिए तापनि, युभेन्टसले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो।
- अन्तिम समयमा गोल भए पनि, जोनाथन डेविडको निर्णायक गोलले युभेन्टसलाई जित दिलायो।
काठमाडौँ । च्याम्पियन्स लिगमा आज (बुधबार) भएको खेलमा युभेन्टसले जित दर्ता गरेको छ। घरेलु टोलीले बोडो ग्लिम्टलाई ३–२ ले हराउँदै युभेन्टसले महत्त्वपूर्ण तीन अङ्क बटुलेको हो।
खेलको २७औँ मिनेटमा ओले डिड्रिक ब्लोमबर्गले गोल गर्दै ग्लिम्टलाई अग्रता दिलाए। तर दोस्रो हाफमा युभेन्टस खेलमा फर्कियो । ४८औँ मिनेटमा लोइस ओपेन्डाले बराबरी गोल गरे भने ५९औँ मिनेटमा वेस्टन म्याक्केनीले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिए।
अन्त्यतिर ८७ औँ मिनेटमा सोन्द्रे ब्रुनस्टाड फेटले पेनाल्टिबाट गोल गर्दै ग्लिम्टलाई २–२ को अवस्थासम्म ल्याए। तर अतिरिक्त समयमा जोनाथन डेविडले निर्णायक गोल गरेपछि युभेन्टस ३–२ ले विजयी भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण