कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको अभिव्यक्तिप्रति एमाले नेता ज्ञवालीको आपत्ति
सारांश
- एमाले उपमहासचिव ज्ञवालीले कार्यवाहक निर्वाचन आयुक्त भण्डारीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
- ज्ञवालीले हजारौं लडाकु र हतियार बाहिर राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन नसक्ने भन्नु गलत हो भन्ने भनाइको विरोध गरे।
- ज्ञवालीले सशस्त्र द्वन्द्व र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना हास्यास्पद भएको टिप्पणी गरेका छन्।
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् ।
नेता ज्ञवालीले कार्यवाहक आयुक्त भण्डारीको ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उपमहाचिव ज्ञवालीले एउटा राजनीतिक उद्देश्यसहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना हास्यास्पद भएको टिप्पणी समेत गरेका छन् ।
‘कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले निर्वाचनमा सुरक्षाको विषयलाई लिएर ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्नुभएको सुनियो/देखियो। एउटा राजनीतिक उद्देश्य सहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद छ’, ज्ञवालीले लेखेका छन् ।
साथै उनले त्यसवेला माओवादीका हतियार कन्टेनरमा दुईवटा चाबी सहित सुरक्षित गरिएको तथा २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य प्रमुख आयुक्तलाई थाहा हुनुपर्ने समेत बताएका छन् ।
‘भलै संविधान सभाको पहिले निर्वाचनमा लडाकु र हतियार दुवैको दुरुपयोगका अनेकौँ घटना घटित भए’, ज्ञवालीले भनेका छन्,‘संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्ति सुरक्षाको यति सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्तिको अपेक्षा थिएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण