चीनलाई ताइवानको जवाफ : ४० अर्ब डलरको अतिरिक्त रक्षा बजेट पारित गर्दै
सारांश
- ताइवानले चीनबाट बढ्दो खतराको सामना गर्न ४० अर्ब डलरको रक्षा बजेट पारित गर्ने तयारी गरेको छ।
- बजेटमा नयाँ अमेरिकी हतियार खरिद गर्ने योजना समावेश छ, जसले ताइवानको रक्षा क्षमता बढाउनेछ।
- राष्ट्रपति लाइ चिङ-तेले राष्ट्रिय सुरक्षामा सम्झौता नगर्ने र सार्वभौमसत्ताको रक्षा गर्ने प्रतिबद्धता जनाए।
ताइपेई । ताइवानले ४० अर्ब डलर बराबरको अतिरिक्त रक्षा बजेट पारित गर्ने तयारी गरेको छ । चीनबाट खतरा बढेको महसुस गरिरहेको ताइवानले ४० अर्ब डलरको अतिरिक्त रक्षा बजेट ल्याउन लागेको हो ।
सो बजेटमा देशका लागि आवश्यक नयाँ अमेरिकी हतियारहरू खरिद गर्ने योजना पनि समावेश छन् । चीनले ताइवानलाई आफ्नो भूमि ठान्छ । गएको पाँच वर्षयता ताइवानमाथि चीनले सैन्य र राजनीतिक दबाब बढाइरहेको छ । यद्यपि, ताइवानले यस दाबीको कडाइका साथ अस्वीकार गर्दै आएको छ ।
ताइवानका राष्ट्रपति लाइ चिङ–तेले रक्षा बजेट पारित गर्ने तयारी गरिरहेको भनाइलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार प्रसारण गरेका छन् । पछिल्लो समय अमेरिकाले ताइवानलाई रक्षा क्षेत्रमा बढी बजेट छुट्याउन दबाब दिँदै आएको छ ।
राष्ट्रपति लाइले १२ खर्ब ५० अर्ब ताइवानी डलर (३९ अर्ब ८९ अमेरिकी डलर) बराबरको रक्षा प्याकेज ल्याएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय सुरक्षामा सम्झौताको कुनै ठाउँ नभएको बताए । ‘राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र लोकतन्त्रको मूल मूल्य नै हाम्रो राष्ट्रको जग हो’ उनले भनेका छन् ।
सो घोषणाअघि मङ्गलवार वासिङ्टन पोस्टमा राष्ट्रपति लाईको वैचारिक लेख प्रकाशित भएको थियो । सो लेखमा उनले नयाँ रक्षा खर्च योजना ल्याएर ताइवानले आफ्नो रक्षा गर्ने दृढ सङ्कल्प देखाएको स्पष्ट पारेका छन् ।
औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि अमेरिकाले ताइवानलाई आत्मरक्षा उपकरणहरू प्रदान गर्दै आएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेयता उनको प्रशासनले नयाँ हतियार बिक्रीको फाइल मात्र अनुमोदन गरेको छ ।
ताइवानका राष्ट्रपति लाईले अगस्ट महिनामा सन् २०३० सम्ममा रक्षा खर्च जीडीपीको ५ प्रतिशत पुग्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण