विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्छ : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड दिएकी छन् ।
बुधबार कीर्तिपुरमा बसेको त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभामा विश्वविद्यालयको कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई स्वायत्त ढङ्गले काम गर्ने वातावरण बनाउनुपर्ने र राजनीतिबाट मुक्त बनाउनुपर्ने बताएकी हुन् ।
असारमा पारित हुनुपर्ने वार्षिक नीति कार्यक्रमका लागि मङ्सिर पर्खनुपर्ने अवस्था विश्वविद्यालयका लागि समेत राम्रो नभएको उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले मुलुकको आर्थिक अवस्थामा सोचेजस्तो विकास हुन नसकेकाले त्यसको असर विश्वविद्यालयदेखि सबै ठाउँमा परेको बताइन् ।
उनले विश्वविद्यालयहरू पनि शैक्षिक र प्रशासनिक रूपमा मात्रै नभई आर्थिक रूपमा समेत आत्मनिर्भर हुनुपर्ने धारणा राखिन् । त्यसका लागि विश्वविद्यालयको नाममा भएको पूर्वाधारलाई प्रयोग गर्न उनले सुझाव दिइन् ।
प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको गुणस्तर अभिवृद्धि गर्न सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
त्रिविसभाले चालुआर्थिक वर्षका लागि विश्वविद्यालयको नीति कार्यक्रममा प्राज्ञिक तथा प्रशासनिक पक्षलाई पुनःसंरचना गर्ने, शैक्षिक तथा पाठ्यक्रम सुधार, परीक्षा सुधार, संस्थागत सुधार, सूचना प्रविधिमार्फत डिजिटल रूपान्तरण र अनुसन्धानका लागि स्रोतसाधनको व्यवस्था गरिने लगायतका प्रस्तावलाई पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलिया स्तब्ध, इजिप्ट प्रिक्वार्टरफाइनलमा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण