एमाले महाधिवेशन सचिवालय बैठक : समितिको प्रतिवेदनमाथि छलफल
सारांश
- एमालेको महाधिवेशन सम्पन्न गर्न गठित समितिको प्रतिवेदनमाथि छलफल भयो।
- बैठकले भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन गर्ने निर्णय गर्यो ।
- महाधिवेशनको नारा दोस्रो विधान महाधिवेशनले तय गरे अनुसार राखिने भयो।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गठित समितिको प्रतिवेदनमाथि छलफल भएकाे छ । ललितपुरकाे च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा महाधिवेशन सचिवालयको आज बसेको बैठकमा समितिले हालसम्म महाधिवेशनको तयारीका सन्दर्भमा गरेको प्रतिवेदनमाथि छलफल गरेकाे हाे ।
सबै समितिले महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पु-याएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेले महाधिवेशन सम्पन्न गर्न विभिन्न १४ वटा समिति गठन गरेको थियो ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकले भक्तपुरको सल्लाघारीस्थित मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम गर्ने निर्णय गरेकाे छ । बन्दसत्र भने भृकुटीमण्डपमा हुनेछ ।
यसैगरी दोस्रो विधान महाधिवेशनले तय गरेको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ लाई राष्ट्रिय महाधिवेशनको मुख्य नारा बनाइने निर्णय भएकाे छ । एमाले महाधिवेशन यही मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण