विवेकशील साझा पार्टीले गर्यो रास्वपासँग एकीकरण गर्ने निर्णय, आइतबार घोषणा कार्यक्रम
सारांश
- विवेकशील साझा पार्टीले रवि लामिछानेको रास्वपासँग एकीकरण गर्ने निर्णय गर्यो।
- पार्टीको केन्द्रीय समिति बैठकले एकीकरण प्रस्ताव अनुमोदन गर्यो, जसले रास्वपासँगको एकीकरणलाई पारित गर्यो।
- आइतबार राष्ट्रिय सभागृहमा एकीकरण घोषणा कार्यक्रम हुनेछ।
काठमाडौँ । समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा पार्टीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सँग एकीकरण गर्ने निर्णय गरेको छ ।
पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबिचको ’बृहत्तर ध्रुवीकरण/ एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णयलाई पारित गरिएको हो ।
’वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भइरहेको वेला नवयुवाहरूको आन्दोलन ’जेनजी विद्रोह’ले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचको एकीकरणलाई तिब्रत्तर बनाइदियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास,संवृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिबद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देश दिन्छ’, संयोजक एवं उपाध्यक्ष परियारले बताए ।
पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वहरूको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुङ्ग्याइने छ । आगामी आइतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण