फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजी दोस्रो मुद्दामा पनि दोषी ठहर
सारांश
- निकोलस सार्कोजीलाई २०१२ को निर्वाचनमा अवैध आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गरिएको छ।
- उनलाई विद्युतीय निगरानीसहित ६ महिना जेल र थप ६ महिना हिरासतको सजाय सुनाइएको थियो।
- सार्कोजीले भने आरोप अस्वीकार गर्दै आएका छन्।
काठमाडाैँ । फ्रान्सको सर्वोच्च अदालतले बुधबार पूर्वराष्ट्रपति निकोलस सार्कोजीविरुद्ध २०१२ को पुनः निर्वाचनको प्रयासमा अवैध आर्थिक सहयोग लिएको मुद्दामा दाषी ठहर गरी फैसला सुनाएको छ । पूर्व राष्ट्रपतिको लागि यो दोस्रो सजायको फैसला हो ।
गत वर्ष पुनरावेदन अदालतको फैसलालाई उच्च अदालतले सदर गर्दै सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति रहेका सार्कोजीलाई ‘दोषी ठहर गरिएको’ उनी बताउँछन् ।
पुनरावेदन अदालतले उनलाई विद्युतीय उपकरणको निगरानीसहित छ महिनाको लागि जेल र थप अर्को छ महिना पूर्व–परीक्षण हिरासतको सजाय सुनाइएको थियो ।
अभियोजनकर्ताहरूले सार्कोजीको दक्षिणपन्थी पार्टीले सन् २०१२ को चुनावी अभियानको वास्तविक मूल्य लुकाउन जनसम्पर्क फर्म बाइग्मेलियनसँग मिलेर काम गरेको तर्क गरेका छन् ।
सन् २०१२ को चुनावी अभियानमा उनले झण्डै चार करोड ३० लाख युरो खर्च गरेको आरोप लागेको थियो । यो उनलाई निर्वाचनमा खर्च गर्न पाउने सीमा दुई करोड २० लाख ५० हजारभन्दा झण्डै डबल खर्च गरेको आरोप लागेको थियो ।
उनका सह–प्रतिवादीहरूको विपरीत उनी कथित रूपमा लागत ढाकछोप गर्न प्रयोग गरिएको डबल–बिलिङ प्रणालीमा संलग्न नभएको तर अवैध अभियान वित्तपोषणको लाभार्थीको रूपमा उनलाई जवाफदेही बनाइएको थियो ।
सार्कोजीले ‘कुनै पनि आपराधिक जिम्मेवारी’ अस्वीकार गर्दै आरोपलाई ‘झुट’ भन्दै आरोपहरूको खण्डन गर्दै आए ।
पूर्व राष्ट्रपतिले पद छोडेपछि श्रृंखलाबद्ध कानुनी चुनौतीहरूको सामना गर्नु परेको छ । गत वर्ष डिसेम्बरमा उनले न्यायाधीशबाट अनुग्रह लिने प्रयास गरेको अभियोगमा अर्को मुद्दामा आफ्नो अन्तिम कानुनी सहारा लिएका थिए भने अर्को एक मुद्दामा उनले तल्लो अदालतको पहिलो फैसलापछि २० दिन जेलमा बिताएपछि आफ्नो सफल २००७ अभियानको लागि लिबियाली कोष मागेको आरोपमा पुनरावेदनको सुनुवाईको पर्खाइमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण