मैत्रीपूर्ण महिला फुटबल : नेपाल इन्डोनेसियासँग पराजित
सारांश
- नेपाल इन्डोनेसियासँग मैत्रीपूर्ण फुटबल खेलमा २-१ गोलले हार्यो।
- पहिलो हाफमा अग्रता लिए पनि नेपालले त्यसलाई कायम राख्न सकेन।
- सावित्रा भण्डारी चोटका कारण टिममा थिइनन्।
इन्डोनेसिया । अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग पराजित भएको छ । इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा आज सम्पन्न खेलमा इन्डोनेसियासँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा बनाएको अग्रतालाई जोगाउन नसक्दा नेपाल पराजित हुन पुग्यो ।
खेलको २० औँ मिनेटमा नेपालले अग्रता लिएको थियो । अनिता बस्नेतको कर्नरमा विमला विकले डिबक्सबाट हेड गरिन् । तर इन्डोनेसियाकी भिभी आकताभी रिस्कीले आफ्नै पोष्टमा आत्मघाती गोल गरिन् । खेलको पहिलो हाफमा अग्रता लिएको नेपाललाई खेलको दोस्रो हाफमा इन्डोनेसियाले दुई गोल गर्दै हरायो ।
खेलको ५८ औँ मिनेटमा इन्डोनेसियाकी कप्तान गिया युमन्दाले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याइन् । ६७ औँ मिनेटमा औलिया अरिफाले गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरिन् । उक्त प्रतियोगितामा नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी ९साम्बा० भने चोटका कारण उपस्थित थिइनन् ।
पछिल्लो पटक नेपालले इन्डोनेसियालाई हराएको थियो । सन् २०१९ मा म्यानमारको मण्डलेमा सम्पन्न एएफसी ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाली टोलीसँग भेट भएको थियो । त्यतिबेला नेपालले इन्डोनेसियालाई २–१ गोलअन्तरले हराएको थियो ।
यसैगरी सन् १९८९ मा एएफसी वुमेन्स च्याम्पियनसिपमा इन्डोनेसियाले नेपाललाई ८–० गोलअन्तरले हरायो । नेपालले अब यही मङ्सिर १६ गते चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण