लेडिज ब्याग लुटमा संलग्न गिरोहका ४ जना पक्राउ
सारांश
- काठमाडौंको तारकेश्वरमा लेडिज ब्याग लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा स्याङ्जा, नुवाकोट र काठमाडौंका युवाहरू रहेका छन्।
- प्रहरीले उनीहरुको साथबाट लुटेका सामान बरामद गरेको छ र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका क्षेत्रमा लेडिज ब्याग लुटमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ घर भएर तारकेश्वर बस्ने २७ वर्षीय ईश्वर बुढाथोकी, नुवाकोट गोस्याङ्ग घर भएका २० वर्षीय विशाल राई, नुवाकोटको किस्पाङ घर भएका १८ वर्षीय साजन तामाङ र नुवाकोटकै चौगाडा घर भएका १९ वर्षीय समीर तामाङ छन् ।
आरोपीहरूलाई मंगलबार तारकेश्वर–९ स्थित सुकुम्वासी टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । उनीहरुले मङ्सिर ८ मा तारकेश्वर नगरपालिका–११ नेपालटारमा लमजुङ घर भएकी एक जना महिलाको झोला लुटेर भागेका थिए । अनुसन्धान गर्दै जाँदा आरोपीहरूले हालसम्म सो क्षेत्रबाट ३ थान लेडिज ब्याग लुटेको थाहा भएको छ ।
उनीहरुले लुटेको सामान प्रहरीले बरामद गरेको छ । आरोपीहरूमाथि चोरी मुद्दामा म्याद लिएर प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ । पीडितहरूले ३ वटा जाहेरी बालाजु प्रहरीमा दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण