जेनजी प्रदर्शनमा चोरेको हतियार देखाएर खाना डेलिभरी गर्नेमाथि लुटपाट
सारांश
- प्रहरीले काठमाडौँबाट हतियार लुटेर लुटपाट गर्ने ३ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा मकवानपुर र बागलुङका युवाहरू छन्, जसले बागबजारमा एक युवकलाई लुटेका थिए।
- उनीहरूले गत भदौ २४ मा प्रहरी कार्यालयबाट हतियार लुटेका थिए र लुटपाटमा संलग्न थिए।
काठमाडौँ । जेनजी प्रदर्शन हुँदा प्रहरी कार्यालयबाट चोरेको हतियार देखाएर लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २४ मा उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आगजनी गर्दै लुटेको दुई थान पेस्तोल सहित ३ जना काठमाडौँबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–७ घर भएका २५ वर्षीय निकेश बिक, सोही ठाउँ घर भएर बागबजार बस्ने २५ वर्षीय सुरज बिक र बागलुङको ढोरपाटन घर भएर भृकुटीमण्डप बस्ने २५ वर्षीय बालकृष्ण गैरे छन् ।
आरोपीहरूले लुटेको दुई थान पेस्तोल बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
निकेश र सुरजले मंसिर ५ बिहान २ बजेतिर बागबजारमा भोज डिलको फुड डेलिभरी गर्ने युवक निरज चौधरीलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीका अनुसार उनीहरुले चौधरीलाई पेस्तोल देखाउँदै नगद र मोबाइल लुटपाट गरेका हुन् ।
फुड डेलिभरी गर्ने युवकलाई लुटपाट गर्दा बालकृष्ण गैरे सँगै थिएनन् । तर, जेनजी प्रदर्शन हुँदा हतियार लुट्ने काममा उनी समेत संलग्न रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
प्रहरीको सिआरएस रेकर्ड अनुसार निकेश बिक आपराधिक विश्वासघात ‘एक्सटर्सन’ र चोरी सम्बन्धी कसुरमा फरार देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण