सिम्पसनको अर्धशतकमा काठमान्डुद्वारा चितवनलाई १४३ रनको लक्ष्य
काठमाडौँ । जोन सिम्पसनको अर्धशतकको सहयोगमा काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४२ रन बनायो ।
काठमान्डुका लागि सिम्पसनले ६० रनको अर्धशतकीय पारी खेले । २९ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरेका हुन् । त्यस्तै मिलिन्द कुमारले ४३ बालमा ५ चौकाको सहयोगमा ३८ रन बनाए ।
काठमान्डुका वेन चाल्र्सवेथले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ चितवनका लागि सोहिल तनविरले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २५ रन खर्चे । त्यस्तै रन्जितकुमार र कमल सिंह ऐरीले दुई–दुई विकेट लिँदा रवी बोपराले एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै काठमान्डु तेस्रो जित दर्ता गर्ने योजनामा छ । काठमान्डुले चार खेलबाट ४ अंक जोडेको छ । यता, चितवन पनि तेस्रो जित निकाल्ने योजनामा छ । तीन खेल खेलेको चितवनले ४ अंक जेडेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण