एकता र सहकार्यका लागि दलहरूलाई तमलोपाको अपिल
सारांश
- वृषेशचन्द्र लालले एकता र सहकार्यका लागि दलहरूलाई आग्रह गरेका छन्।
- उनले मधेस, थरुहट तथा आदिवासी जनजातिको पहिचान र अधिकारको लागि एकजुट हुन आह्वान गरे।
- लालले संघीय लोकतान्त्रिक मोर्चामा रहेका दलहरूलाई पार्टी एकता गर्न वा एउटै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिन आग्रह गरे।
काठमाडौँ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले एकता र सहकार्यका लागि दलहरूलाई आग्रह गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै एकताका लागि अपिल गरेका हुन् ।
उनले भनेका छन्– ‘तराई मधेस लोकतान्त्रिक पार्टी मधेस, थरुहट, आदिवासी जनजातिसहित सङ्घीयतावादी शक्तिहरूबिच एकजुट हुन सार्थक संवादको लागि अपिल गर्दछ ।’
उनले मधेस, थरुहट तथा आदिवासी जनजातिको पहिचान, सम्मान र समान नागरिक अधिकारको व्यवहारिक अभ्यासका लागि सङ्घर्षरत शक्तिहरूलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको समेत उल्लेख गरेका छन् । आन्तरिक तथा बाह्य कारणले भेदभाव र सिमान्तीकरण विरुद्ध सङ्घर्षरत यी शक्तिहरू कमजोर भएको दाबी गर्दै उनले आफ्नो न्यायपूर्ण एजेन्डाप्रति प्रतिबद्ध भएर एकताका लागि अघि सर्न आग्रह गरेका छन् ।
महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट अलग भएर वृषेशचन्द्र लालले तमलोपा पुनर्गठन गरेका थिए ।
केही दिनअघि लोसपा नेपालका अध्यक्ष ठाकुरले पनि एक विज्ञप्ति जारी गरी पार्टी छाडेर गएका वा अलग भएकाहरूलाई पुनः फर्किन आह्वान गरेका थिए । सो आह्वानपछि अध्यक्ष लालको यस्तो अपिल आएको हो ।
अध्यक्ष लालले आफूहरू एकता र सहकार्यका लागि विचार र एजेन्डा मिल्ने हरेक पार्टीसँग संवाद गर्न तयार रहेको बताएका छन् । उनले सङ्घीय लोकतान्त्रिक मोर्चामा रहेका हरेक दलले एकजुट हुनुपर्ने आफूहरूको धारणा रहेको बताएका छन् ।
उनले मोर्चामा रहेका दलहरूले सम्भव भएसम्म पार्टी एकता गर्नुपर्ने नभए एउटै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिनुपर्नेमा समेत जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण