कलर्स टिभीमा फर्किँदै कपिल शर्मा
सारांश
- कपिल शर्मा 'कलर्स टिभी' मा फर्किने भएका छन्, जहाँ उनी 'लाफ्टर शेफ ३' मा देखिनेछन्।
- शर्माले आफ्नो नयाँ फिल्मको प्रचारका क्रममा पुरानो मनमुटाब अन्त्य भएको र फर्किने जानकारी दिए।
- शो मा कपिल, भारती र कृष्णा अभिषेक एकसाथ देखिनेछन्, जसले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
मुम्बई । चर्चित कमेडियन कपिल शर्मा ‘कलर्स टिभी’ मा फर्किने भएका छन् । अभिनेता समेत रहेका उनले आफ्नो आगामी फिल्म ‘किस किसको प्यार करुँ २’ को प्रचार–प्रसारका क्रममा यो जानकारी दिएका हुन् ।
समाचारका अनुसार शर्माको ‘कलर्स टिभी’ सँगको पुरानो मनमुटाब र झगडा अन्त्य भएको छ । उनी एक दशकभन्दा लामो समयपछि फेरि सोही च्यानलमा फर्किँदैछन्, जहाँबाट उनले ‘कमेडी नाइट्स विथ कपिल’ मार्फत चर्चा पाएका थिए । कुनै समय सो च्यानलसँगको विवादका कारण उनी अलग भएका थिए, तर अब उनी पुरानो मनमुटाब बिर्सेर फेरि कमब्याक गर्ने भएका हुन् ।
शर्मा कलर्स टिभीको रियालिटी शो ‘लाफ्टर शेफ ३’ मा देखिन लागेका हुन् । ‘शो’मा खाना, हंगामा र कमेडीको बेजोड सङ्गम हुनेछ । सबैभन्दा विशेष कुरा त के छ भने शर्मा यस ‘शो’ मा आफ्ना पुराना साथीहरू कृष्णा अभिषेक र भारती सिंहसँगै देखिनेछन् । कुनै समय टेलिभिजनमा कमेडीको दुनियाँमा राज गर्ने तीन कमेडियन (कपिल, भारती र कृष्णा) धेरै वर्षपछि फेरि एकसाथ स्क्रिनमा देखिन लागेका हुन् ।
कपिल, भारती र कृष्णाको केमेस्ट्री र जबरजस्त जोक्सले ‘लाफ्टर शेफ ३’ को मनोरञ्जनलाई दोब्बर बनाउने अपेक्षा गरिएको छ । दर्शकहरू पनि यो टिमलाई फेरि एकसाथ हेर्न निकै उत्साहित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण