काठमाडौँ । विराटनगर किङ्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्समाथि जित निकालेको छ ।
शुक्रबार भएको खेलमा कर्णाली याक्सलाई ३ विकेटले हराउँदै प्रतियोगितामा चौथो जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
विराटनगरका लागि बसिर अहमदले नट आउट ६२ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

काठमाडौँ । कर्णाली याक्सका गुलशन झाले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले शाहिल पटेल र मर्चान्ट डी ल्याङ्गेलाई चौथो र पाँचौँ विकेटकाे रूपमा गुमाएको हो ।
कर्णालीका गुलशन झाले १२औँ ओभरको चौथो बलमा विराटनगरका शाहिललाई १९ रनमा क्याच आउट गराएका हुन् ।
काठमाडौँ । प्रियान्क पन्चलको अर्धशतकमा कर्णाली याक्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सलाई १६१ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १६० रन बनाएको हो । कर्णाली याक्सका लागि प्रियान्क पन्चलले अर्धशतकीय पारी खेले । प्रियान्कले ४७ बल खेल्दै ६ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाए ।
कर्णालीका लागि विलियम बोसिस्टोले नट आउट ४८ बलमा ४८ रन बनाए । त्यस्तै कर्णालीका लागि गुलशन झाले २० रन बनाउँदा मार्क वाटले ६ रनको योगदान गरे ।
काठमाडौँ । कर्णाली याक्सका प्रियान्स पन्चलले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीका लागि उनले ४२ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सविरुद्ध विराटनगर किङ्सले पहिलो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले मार्क वाटको रुपमा पहिलो विकेट गुमाएको हो ।
विराटनगरका मर्चान्ट डी ल्याङ्गेले कर्णालीका वाटलाई ६ रनमा क्याच आउट गराएका हुन् । यो विकेटसँगै कर्णालीले ३ ओभरको समाप्तिमा २४ रन बनाएर एक विकेट गुमाएको छ ।