रास्वपा केन्द्रीय समितिको विशेष बैठक: विवेकशीलसँग एकता घोषणासभा आइतबार हुने
सारांश
- रास्वपा केन्द्रीय समितिले विवेकशील साझा पार्टीसँगको एकीकरण प्रक्रियालाई स्वागत गरेको छ।
- बैठकले रास्वपासँग एकीकरण गर्ने प्रस्तावलाई स्वीकार गर्यो।
- आगामी मंसिर १४ गते राष्ट्रिय सभागृहमा एकता घोषणासभा हुनेछ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको मङ्सिर १२ गते शुक्रबार साँझ भर्चुअल माध्यमबाट बसेको विशेष बैठकले विवेकशील साझा पार्टीसँगको एकीकरण प्रक्रियालाई औपचारिक स्वागत गरेको छ। बैठकले विवेकशील साझा पार्टीद्वारा रास्वपासँग एकीकरण गर्ने प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकार गर्दै आगामी मङ्सिर १४ गते आइतबार राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको हो।
बैठकमा असल शासन, सुशासन र समृद्धिसँग सम्बद्ध विविध परिवर्तनकामी शक्ति तथा समूहहरूसँग संवाद र सहकार्यलाई थप प्रभावकारी बनाउन पार्टीले अघि बढाइरहेको प्रक्रियाको समीक्षा गरिएको थियो। साथै, रास्वपा केन्द्रीय समितिको निर्देशनअनुसार पार्टी सचिवालयद्वारा गठन गरिएको सङ्घीय नेतृत्व मञ्च’लाई बैठकले औपचारिक रूपमा अनुमोदन गरेको छ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार संघीय नेतृत्व मञ्चले एकता प्रक्रियामा सहभागी हुने नेताहरूको जिम्मेवारी सम्बन्धी अन्तरकालिन व्यवस्थापन गर्नेछ। कसलाई कुन जिम्मेवारी दिने भन्ने विषय दुई पक्षीय सहमतिमा टुंगो लगाइने उनले बताए। मञ्चमा कति सदस्य रहने भन्ने विषय भने अझै छलफलमै रहेको उनले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण