पार्टीलाई पुनर्गठन गर्नेगरी प्रतिनिधि चयन गर्न एमाले सचिव विष्टको आग्रह
शनिबार, १३ मङ्सिर २०८२, ०९ : २०
सारांश
- एमालेले देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ।
- सचिव गोकर्ण विष्टले पार्टी पुनर्गठनको लागि प्रतिनिधि चयन गर्न आग्रह गरेका छन्।
- पार्टीको एघारौँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ।
काठमाडौँ । नेकपा एमालेले देशभर आज महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ । यसै क्रममा एमाले सचिव गोकर्ण विष्टले पार्टीलाई पुनर्गठन गर्नेगरी प्रतिनिधि चयन गर्न आह्वान गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'हामीले यतिबेला देशमा देखा परेको विषम परिस्थितिलाई सम्बोधन गर्ने र पार्टीलाई थप गति, ऊर्जा, एकताका साथ जनताको विश्वास आर्जन गर्नेगरि बलियो बनाउनु पर्नेछ । यसका लागि समयको माग अनि आम जनता र कार्यकर्ताको चाहना अनुसार पार्टीलाई पुनर्गठन गरेर अघि बढाउने गरी प्रतिनिधि चयनमा जिम्मेवारपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास राखेको छु ।'
पार्टीको एघारौँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । पार्टी अध्यक्ष केपीशर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले प्यानसहित मैदानमा उत्रने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण