संज्ञान विमर्शको चौथो शृङ्खला सम्पन्न
सारांश
- पाटन संयुक्त क्याम्पसमा कथाकार राजबाबु श्रेष्ठको कृति 'फिर्दोसको साँचो' माथि विमर्श सम्पन्न भयो।
- विमर्शमा समालोचकहरूले श्रेष्ठको कथामा आध्यात्मिक जीवन दर्शन र वर्गीय जटिलताको विषय उठाए।
- कथाको सैद्धान्तिक धरातल र कथा शिल्पलाई लिएर समालोचकहरूले विभिन्न धारणा राखे।
काठमाडौँ । पाटन संयुक्त क्याम्पस, नेपाली विभागको ‘संज्ञान विमर्श’ को चौथो शृङ्खला सम्पन्न भएको छ । गत शुक्रबार सम्पन्न विमर्शको यस अङ्कमा कथाकार राजबाबु श्रेष्ठ ‘सागर’ र उनको नवीन कथाकृति ‘फिर्दोसको साँचो’ माथि समालोचकीय दृष्टिकोण प्रस्तुत गरिएको थियो ।
नेपाली विभागका विभागाध्यक्ष सह–प्राध्यापक माधव उपाध्यायको सभाध्यक्षतामा सम्पन्न विमर्श कार्यक्रममा विभागका उप–प्राध्यापक डा. शोभा ढुङ्गानाले श्रेष्ठको कृतिमाथि समालोचकीय टिप्पणी प्रस्तुत गरिन् ।
उनले श्रेष्ठका कथाहरू आध्यात्मिक जीवन दर्शनमा आधारित भएको बताइन् । ‘श्रेष्ठजीको कथामा आध्यात्मिक जीवन दर्शनसहित वर्गीय जटिलता अभिव्यक्त भएको छ । कथाकारको कथानक प्रस्तुति सरल बन्न सके आगामी दिनमा नेपाली साहित्यजगतले राम्रो कथाकार पाउने छ’, उनले भनिन् ।
त्यस्तै, अर्का समालोचक उप–प्राध्यापक विष्णु ज्ञवालीले अन्य साहित्यकारबाट नछोइएका विषय श्रेष्ठले कथामा उठान गरेको धारणा राखे । ‘विषयवस्तुका हिसाबले कृतिको केन्द्रीय विषय हाम्रै समाजका मानिस हुन्’, उनले टिप्पणी गर्दै भने ।
प्रयोगशीलता कथाकार श्रेष्ठको विशेषता बनी कृतिमा प्रकट भएको उनको भनाई थियो । नेपाली कथा लेखनको यात्रामा श्रेष्ठको स्थान निर्धारण गर्नु समालोचकको कर्तव्य भएको शुभकामना मन्तव्य राख्ने क्रममा उप–प्राध्यापक डा. जीवन श्रेष्ठले बताए ।
कथाको सैद्धान्तिक धरातल समाती अघि बढ्न सके कथाकारको कथा शिल्प मजबुत बन्ने धारणा उप–प्राध्यापक डा. महानन्द जोशीको थियो । त्यस्तै कार्यक्रममा उप–प्राध्यापक डा. सारदा लामिछानेले मिश्रित चेतनाका कथा लिएर श्रेष्ठ अघि बढेको भन्दै त्यसलाई झनै तिखार्नु पर्ने आवश्यकता रहेको बताइन ।
विभागीय प्रमुख माधव उपाध्यायले कथाकार श्रेष्ठलाई शुभकामना दिँदै पाटन संयुक्त क्याम्पस, नेपाली विभागले यस प्रकृतिका विमर्शलाई भावि दिनमा पनि थप बढाउँदै लैजानु पर्ने विचार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण