हाम्राे माग पूरा नभए फागुन २१ मा चुनाव हुँदैन : दुर्गा प्रसाईं
सारांश
- दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए चुनाव हुन नदिने चेतावनी दिए।
- उनले फागुन २१ गते वा त्यस आसपासमा चुनाव नहुने चेतावनी दिए।
- प्रसाईंले प्रधानमन्त्रीसँगको वार्ताबाट निकास ननिस्किए आन्दोलनमा जाने बताए।
भक्तपुर । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले आफ्ना मागहरू सम्बोधन नभए देशमा कुनै पनि प्रकारको चुनाव हुन नदिने चेतावनी दिएका छन्।
शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको नियत सफा नभए आगामी फागुन २१ गते वा त्यस आसपासमा चर्चा गरिएको चुनाव वा राजनीतिक निकास सम्भव नहुने चेतावनी दिएका हुन् ।
आगामी मंसिर २२ गते प्रधानमन्त्रीसँग वार्ताको मिति तय भएको जानकारी दिँदै प्रसाईंले यदि उक्त वार्ताबाट निकास ननिस्किए आफूहरु आन्दोलनमा जाने बताए ।
पत्रकार सम्मेलनका क्रममा फागुन २१ गतेको समयसीमा र सम्भावित राजनीतिक घटनाक्रमबारे सोधिएको प्रश्नमा प्रसाईंले भने, 'फागुन २१ गते सरकारले चाह्यो भने हुन्छ, चाहेन भने चुनावै हुँदैन। सरकारले चाह्यो भने जनमत संग्रह पनि हुन्छ।'
प्रसाईंले व्यक्तिको परिवर्तनले मात्र समस्या समाधान नहुने भन्दै अहिलेको व्यवस्था नै खराब रहेको दाबी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण