मोरङको केराबारीमा माओवादीभित्र विद्रोह, १४ जनाको सामूहिक राजीनामा
शनिबार, १३ मङ्सिर २०८२, १३ : ३०
सारांश
- मोरङको केराबारीका पूर्वअध्यक्ष र उपाध्यक्षसहित १४ जना माओवादी कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।
- राजीनामा दिनेहरू सशस्त्र द्वन्द्वदेखि माओवादी राजनीतिमा संलग्न थिए र स्थानीय तहमा जिम्मेवारी सम्हालेका थिए।
- २०७९ सालमा माओवादीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार तिलक थापामगरसहितका नेताहरूले पार्टी परित्याग गरे।
विराटनगर । मोरङको केराबारीका पूर्वअध्यक्ष र उपाध्यक्षसहित १४ जना माओवादी कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिने अधिकांश व्यक्ति सशस्त्र द्वन्द्वदेखि नै माओवादी राजनीतिसँग आबद्ध हुँदै स्थानीय तहसम्म जिम्मेवारी सम्हाल्दै आएका नेता हुन् ।
२०७९ सालमा माओवादीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका तिलक थापामगर, उपाध्यक्ष भक्तशेर लिम्बू, पार्टी सचिव किशोर राई, १० नम्बर वडाका संयोजक प्रेम लावती, वडा सचिव प्रेम ठकुरीलगायतले पार्टी परित्याग गरेका हुन्।
यस्तै, दुईपटक वडा अध्यक्षका उम्मेदवार बनेका नेतादेखि वाइसिएल संयोजक, वडासचिव लगायत महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका कार्यकर्तासमेत राजीनामाको सूचीमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण